तनहुँमा आठ सय २३ जनामा डेङ्गु सङ्क्रमण
तनहुँ | मंसिर ३, २०७९
सांकेतिक तस्बिर
तनहुँ: तनहुँमा असोज र कात्तिक महिनामा आठ सय २३ जनामा डेङ्गु सङ्क्रमण भएको पुष्टि भएको छ ।
डेङ्गु सङ्क्रमण बढेसँगै निको हुनेको सङ्ख्या पनि बढ्दै गएका कारण अस्पतालमा भीड कम हुन थालेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । धेरैजसो डेङ्गु पोजेटिभका बिरामीे आफ्नै घरमा बसेर आराम गरिरहेकाले पनि अस्पतालमा हुने भीडमा कमी आएको उहाँले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत ४० भन्दा बढी प्रहरीहरुमा पनि डेङ्गु सङ्क्रमण भएको छ । कार्यालयमा प्रहरी जवानदेखि प्रहरी नायव निरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव उपरीक्षकसम्मका व्यक्तिलाई डेङ्गु सङ्क्रमण भएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
“मलाई पनि डेङ्गु सङ्क्रमण भयो, शरीर निकै दुख्ने रहेछ, सङ्क्रमण भएप्छि १० दिन सुत्नुप¥यो तर अहिले निको भएको छ”, उहाँले भन्नुभयो । अस्पतालमा दैनिक दुई सयको हाराहारीमा स्वास्थ्य परीक्षणका लागि मानिस आउने गरेको दमौली अस्पतालले जनाएको छ ।
डेङ्गुका बिरामीलाई प्रशस्त मात्रमा पानी पिउने र आराम गर्नसुझाव सल्लाह दिइएको अस्पतालका निमित्त प्रमुख डा दिवस ढकालले बताउनुभयो । अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये दैनिक आठ/दश जनामा डेङ्गु पोजेटिभ देखिने गरेको डा ढकालले जानकारी दिनुभयो ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

